Logo

विवेकले १८ वर्षको अवधिमा २ लाख ५० हजार बढी क्यान्सर पीडित बालबालिकालाई सहयोग



Spread the love

एजेन्सी। बलिउड अभिनेता विवेक ओवरायले २ लाख ५० हजार बढी क्यान्सर पीडित बालबालिकाहरूलाई सहयोग गरेका छन्।

ओवरायले पछिल्ला १८ वर्षमा २ लाख ५० हजार बढी क्यान्सरसँग लडिरहेका बच्चालाई सहयोग गरेका छन्। बलिउड हंगामाका अनुसार विवेकले सन् २००४ देखि विपन्न परिवारमा जन्मे-हुर्केका क्यान्सर पीडित बालबालिकालाई विभिन्न आर्थिक तथा भावनात्मक रुपमा सहयोग गरेका हुन्।

त्यस पछि अहिले सम्म पनि विवेकले आफ्नो जन्मदिन यिनै बालबालिकासँग मनाउँदै आएका छन्। उनी बच्चाहरूलाई रमाएको हेर्न चाहन्छन्। त्यसका लागि जादु सो गर्ने, फिल्म देखाउने जस्ता कार्यहरू गर्दै आएका छन् । 

क्यान्सरको लडाइमा सफल बालबालिकाहरूले अन्य बालबालिकाहरूलाई भावनात्मक रूपमा रोगसँग लड्न प्रेरित गर्न सक्षम हुन्छन्। यो देखेका विवेकले आजसम्म पनि आफ्नो जन्मदिन यिनै बालबालिकासँग मनाउँदै आएका छन्। उनी बच्चाहरूलाई रमाएको हेर्न चाहन्छन्। त्यसका लागि जादु सो गर्ने, फिल्म देखाउने गर्छन्। 

प्रतिक्रिया दिनुहोस्