Logo

चर्चित अभिनेत्री सनी लियोनीको ‘अनामिका’ को सुटिङ सेटमा तोडफोड



Spread the love

एजेन्सी । विक्रम भट्टले निर्देशन लागेको वेबसरीज ‘अनामिका’ मा चर्चित अभिनेत्री सनी लियोनी मुख्य भूमिका रहेकी छिन् ।

‘अनामिका’ को सुटिङ सेटमा आएर केही व्यक्तिले निर्देशक विक्रमसँग ३८ लाख रुपैंयाँ माग गर्दै तोडफोड गरेका छन् ।

भारतीय समाचारका अनुसार निर्देशक विक्रमले यसअघि एक्सन निर्देशक अब्बास अली मोघलसँग गर्दाको उनको पारिश्रमिक दिएका थिएनन् । त्यही पारिश्रमिकको माग गर्दै केही व्यक्तिले सुटिङ सेटमा तोडफोड गरेका हुन् ।

विक्रमले यो विवादका कारण वेब सिरिजको पुरा दिन छायांकन गर्न नसकिएको बताए । यो घटनाबाट चिन्तित बनेका विक्रम एक्सन निर्देशक अब्बासका विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा छन् । अब्बासले भने फाइटर एशोसिएसनले यो विवादलाई हेरिरहेकाले उसैले सुल्झाउने बताए ।

सनीविरुद्ध केही समय अघि आर्थिक हिनामिनाको आरोप लागेको थियो । एक इभेन्ट प्रवद्र्धन कम्पनीसँग पारिश्रमिक लिएर कार्यक्रममा नपुगेको आरोप लागेपछि उनीविरुद्ध अदालतमा मुद्धा परेको थियो । तर अदालतले उनलाई जमानत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्