Logo

चर्चित अभिनेत्री ऐश्वर्या रायमाथि लगातार लाग्यो यस्ता आरोप



Spread the love

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन जति उमेर बढ्दै गयो उति नै सुन्दर देखिन्छिन् ।

बलिउड अभिनेता अभिषेक बच्चनसँग विवाह गरेपछि उनी बलिउड उद्योगबाट टाढिइन् । आफ्नो बलिउड क्यारियरको सुरुसँगै विवादहरूमा घेरिएकी हुन्छन् । केहि चीजहरूमा जवाफ र धेरै तिरस्कार गर्दै अगाडि बढेकी छन् ।

विश्व सुन्दरीको समेत ताज पहिरिएकी ऐश्वर्याको सुन्दरताको विषयमा विशेष रुपमा चर्चामा रहन्छ । तर, उक्त समयमा उनको सुन्दरताको विषयमा प्रश्न गरिएको थियो । उनको सुन्दरतालाई कृत्रिम बताइएको थियो ।

संसारकी सबैभन्दा सुन्दर अभिनेत्रीहरुको सूचीमा पर्न सफल अभिनेत्री ऐश्वर्या रायमाथि प्लास्टिक सर्जरी गरेको आरोप लागेको थियो । उनको नक्कली सुन्दरताका कारण उनले ताज जितेको आरोप लागेको थियो ।

उनले नाक, गाला, ओठ जस्ता अंगहरुको प्लाष्टिक सर्जरी गराएको बताइएको थियो । तर उनले यस्ता आरोपहरुको कुनै जवाफ नै दिइनन् । उनी कुनै पनि चर्चाको विषयमा उनले कुनै प्रतिक्रिया दिइनन् ।

प्रतिक्रिया दिनुहोस्