Logo

घोडा किन्ने सपना बोकेर पुगेका सलमान खान जिल्लिएर फर्किए



Spread the love

७ फागुन, एजेन्सी । भारतमा एक जना घोडा मालिकले अभिनेता सलमान खानको करोडाैको अफर लत्याएका छन् ।

सलमान खानले मन पराएको परमवीर घोडा बेच्न घोडाका मालिक रञ्जीत सिंह राठौडले सिधै अस्वीकार गरेका हुन् ।

सलमानलाई मन परेको कालो घोडा, जुन हावर्स ब्रिर्डस प्रतियोगितामा सलमानले देखेका थिए । त्यसपछि उनी उक्त घोडा आफ्नो बनाउने सपना सहित रञ्जीत समू पुगेका थिए ।

तर, रञ्जीतले भने परमवीरका लागि सलमानले गरेको करोडको अफर वेवास्ता गरेका छन् ।

यसभन्दा अघि पनि अर्का एक जना घोडा मालिकले सलमान खानको २ करोडको अफर लत्याएका थिए । सन् २०१८ मा सलमानले काब नामक घोडा किन्न खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्