Logo

सासु र बुहारीको सम्बन्ध कसरी राम्रो बनाउने ?



Spread the love

काठमाडौं । जब एक युवतीको विवाह हुन्छ, उनी केवल पत्नीमात्र होइन बुहारी, भाउजु, काकी, देवरानी, जेठानीजस्ता धेरै सम्बन्धले बाँधिन्छिन् । नेपाली समाजमा विवाहलाई केटा र केटी बीचमा मात्र नभई दुई परिवारको मिलन भन्ने गरिन्छ ।

सासु-बुहारीको नाता आमा छोरी जस्तै हुने गर्दछ । तर कतिपय परिवारमा भने सासु र बुहारीको नाता सोचे जति राम्रो बनिदिँदैन ।

सासु–बुहारीको सम्बन्धलाई मजबुत बनाउन एक–अर्कालाई सम्मान गर्नुपर्छ । सासू र बुहारीबीचको सम्बन्ध सुमधुर बनाउन सासू–बुहारी एक आपसमा हरेक सासुले बुहारी छोरी र हरेक बुहारीले सासूलाई आफ्नी आमा सम्झिनु पर्छ  ।

ज्योतीष शास्त्र अनुसार सासु-बुहारीको नाता आमा छोरी जस्तै हुने गर्दछ । तर कतिपय परिवारमा भने सासु र बुहारीको नाता सोचे जति राम्रो बनिदिँदैन । यद्यपि समझदारी र प्रेमबाट सासु-बुहारीको सम्बन्धलाई राम्रो बनाउन सकिन्छ । बिवाहको मौसम शुरु भएसँगै धेरै युवतीहरु पतिको घर जाँदैछन्, उनीहरुका लागि यो सामाग्री खास हुनसक्छ ।

  • सासु बुहारीबीचको मित्रता बढ्दै गयो भने सम्बन्ध सुमधुर हुन्छ र परिवारमा शान्ति हुन्छ । बुहारीले सासु आफ्नी आमा हुन भन्ने भावना मनमा राख्नुपर्छ ।
  • यदि दुबैले सम्बन्ध राम्रो बनाउन घाँटीमा चाँदीको चेन लगाउनु पर्दछ । दुबैले एकअर्कालाई सेतो वस्तु आदानप्रदान गरिराख्दा पनि सम्बन्धमा मिठास आउँछ ।
  • सासु–बुहारीको सम्बन्धलाई मजबुत बनाउन एक–अर्कालाई सम्मान गर्नुपर्छ । सासुसँग सल्लाह लिएर काम गर्दा सम्बन्ध अझै राम्रो हुन्छ । सासुलाई आफ्ना अनुभवहरु सेयर गर्ने वातावरण बनाइदिनुपर्छ ।
  • सासुले बुहारीलाई आफ्नो छोरी जसरी व्यवहार गर्ने र बुहारीले पनि सासुलाई आफ्नो आमाको जसरी मायाँ गरेमा सम्बन्ध आफैँ सुमधुर बन्छ ।
  • सासु घरकी अभिभावक हुने हुँदा उनको जीवनप्रतिको बुझाइ र भनाइलाई पनि ध्यान दिनुपर्छ ।
  • एक अर्कामा राम्रो मेलमिलाप होस् त्यसका लागि, सूर्योदय भन्दा पहिला घर बडार्ने र घरलाई सफा राख्ने गनुपर्दछ ।
  • साथै सबैभन्दा महत्वपूर्ण कुरा भनेको सासुले बुहारीलाई आफ्नो छोरी जसरी व्यवहार गर्ने र बुहारीले पनि सासुलाई आफ्नो आमाको जसरी मायाँ गरेमा सम्बन्ध आफैँ सुमधुर बन्छ ।

प्रतिक्रिया दिनुहोस्