Logo

बस दुर्घटना हुँदा १३ जना घाइते



Spread the love

११ फागुन, सिरहा। सिरहामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

जिल्लाको कर्जन्हा नगरपालिका-४ बस्तिपुरमा बस दुर्घटना हुँदा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिग्रिएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति पौने १२ बजे दुर्घटना भएको हो ।

फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा घाइतेहरुको उपचार भइरहेको छ । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्