Logo

सर्वोच्च अदालतको फैसलाबाट ओलीको चाहना पूरा भयो : गंगा दाहाल



Spread the love

२४ फागुन, काठमाडौं।प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले सर्वोच्चको फैसलाबाट ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको चाहना पूरा भएको बताएकी छिन् ।

दाहालले फेसबुकमा लेखेकी छिन्, ‘अन्तत: केपी ओली को चाहना पूरा भएको छ, आज पार्टी विभाजन भएको खुसीयालीमा देशभर हर्षोल्लास मनाइरहेका छन्,आज पुष्टी नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि मात्र पार्टी एकताको नाटक रचिएको रहेछ, नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छ!!!’

प्रचण्डकी कान्छी छोरी गंगा निजी सचिवालयमा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस्