Logo

सुर्खेतमा भाष्करको एकल फोटो प्रदर्शनी सुरू (फोटोहरू)



Spread the love

२७ फागुन, सुर्खेत । साइकल यात्री रामचन्द्र बस्नेत (भाष्कर) को एकल फोटो प्रदर्शनी सुरू भएको छ । कर्णाली उत्सवको अवसरमा सुर्खेतको बुलबुले उद्यानमा उनले खिचेका फोटोहरू प्रदर्शनमा राखिएको छ ।

उनले उक्त फोटोहरू कर्णाली प्रदेशमा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको उजागार तथा परिचय गराउने उद्देश्यले खिचेर प्रदर्शनमा राखेका हुन् । उनका ती सबै फोटोहरू साइकल यात्राको दाैरान खिचिएका हुन् ।

भाष्करको फोटो प्रदर्शनीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र पर्यटन मन्त्री नन्द सिँह बुढाले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री र पर्यटनमन्त्रीले भाष्करको काम र प्रयासको प्रशंसा गरेका थिए । भाष्करको एकल फोटो प्रदर्शनीबाट कर्णालीका पर्यटकीय गन्तव्यको प्रचार प्रसार हुने मन्त्रीद्वयले विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्