Logo

ओलीले आयोजना गरेको चियापानमा झलनाथ खनाल र माधव नेपाललाई निम्तो



Spread the love

१ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चियापानको आयोजना गर्ने भएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली चियापानको आयोजना गर्ने भएका हुन् ।

नेकपाका नेता सुवास चन्द्र नेम्वाङ्गका अनुसार मंगलबार बिहान ११ बजे बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।

चियापानमा उपस्थित हुन नेकपा एमालेका केन्द्रीय कमिटीका सबै सदस्यलाई एसएमएस मार्फत निम्तो पठाइएको छ ।

झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि चियापानमा निम्तो गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्