Logo

चर्चित अभिनेत्री जया बच्चनले सेल्फी लिन खोज्ने प्रशंसकलाई हातले धक्का दिएपछि (भिडियोमा)



Spread the love

एजेन्सी । भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचन चलिरहेको छ र मानिसहरू फिल्म कलाकार तथा राजनीतिकर्मीहरूले चुनाव प्रचार गरेको हेर्न आउने गरेका छन् । 

त्यसैक्रममा समाजवादी पार्टीकी नेत्री जया बच्चनले कोलकातामा ममता बनर्जीको तृणमूल कांग्रेसका लागि प्रचार गरेको देखियो ।  हावडामा रोडशो गर्दा एक प्रशंसकले उनीसँग सेल्फी लिन खोज्दा जयाले उसलाई धक्का दिएको भिडियो सार्वजनिक भएको छ । 

उनी रिसाएर आफू बसेको गाडीबाट उसलाई धकेलेको देखिन्छ ।  उनी किन रिसाएकी हुनु भन्ने थाहा भएन तर कोभिड–१९ का कारण उनले यस्तो व्यवहार देखाएको हुन सक्छ । ती प्रशंसकले मास्क लगाएका थिएनन् भने जया बच्चनले दिनभरि मास्क लगाइरहेकी थिइन् । उनले टोलीगञ्ज र शिवपुरमा पनि तृणमूलका लागि अभियान चलाइन् । 

घटना बिहीवार भएको हो तर भिडियो आज भाइरल बनिरहेको छ । आज जया बच्चनको जन्मदिन हो । 

प्रतिक्रिया दिनुहोस्