Logo

शनिबार कति थपिए नेपालमा कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?



Spread the love

२८ चैत, काठमाडौँ। पछिल्लो २४ घण्टामा ३३७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ।

शनिबार १५१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ।

हाल देशभर २ हजार ८०० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ।  देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्