Logo

भारतमा एकै दिन डेढ लाख कोरोना संक्रमित थपिए



Spread the love

२९ चैत, एजेन्सी। कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिन थालेपछि भारतमा दैनिक संक्रमितको संख्या बढिरहेछ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा १ लाख ५२ हजार ८ सय ७९ जना नयाँ संक्रमित फेला परेका जानकारी दिएको छ।

वल्र्डोमिटर्सका अनुसार भारतमा बिहीबार पनि १ लाख ३१ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । बुधबार यो संख्या १ लाख २६ हजार ३१५ थियो । यससँगै त्यहाँ कुल संक्रमित संख्या १ करोड ३२ लाख नाघेको छ । साथै शुक्रबार कोरोना संक्रमणका कारण भारतमा ७७३ जनाले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४६७ पुगेको छ ।

शुक्रबार यहाँ ७७ हजार पाँच सय ६७ जना कोरोना भाइरसमुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस्