Logo

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, चार घाइते



Spread the love

२९ चैत, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोहि गाउँपालिका-४ का १९ वर्षीय अभिषेक गोले रहेका छन् । गोलेको एल.एस. न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घाइतेमध्ये एक जनाको  अवस्था गम्भीर रहेको छ। घाइतेहरु ठोरी-४ का २२ वर्षीय मधु गोले, १७ वर्षीय सञ्जय लामा र १३ वर्षीय आनन्द परियार र जीराभवानी गाउँपालिका-३ का ४५ वर्षीय राम सिंह चौधरी रहेका छन् । घाइतेहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

शनिवार राति राम सिंह चौधरीको ग ९ प ९५८७ नम्बरको मोटरसाकइलले वीरगञ्ज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी ४ गोपीवस्तीमा पैदल हिँडिरहेका ४ जना युवाहरुलाई ठक्कर दिएको थियो । चालक चौधरी र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  मधुको टाउको, हात र खुट्टामा, आनन्दको हातमा र सञ्जयको टाउको र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्