Logo

सोमबार बुटवलमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु



Spread the love

३० चैत, रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विषेश अस्पतालमा सोमवार बिहान एकै दिन कोरोना भाइरस संक्रमणमा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीका १ महिला, कपिलवस्तुका एक पुरुष र अर्घाखाँचीका एक महिला छन्। रुपन्देहीको तिलोत्तमा १ की ७१ वर्षिया महिला, अर्घाखाँची मालारानी गाउँपालिका ३ की ७९ वर्षिया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का ७९ वर्षिय पुरुषको मृत्यु तीन घण्टाको फरकमा मृत्यु भएको हो ।

तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा १ की ७१ वर्षिया महिला, अर्घाखाँची मालारानी गाउँपालिका ३ की ७९ वर्षिया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का ७९ वर्षिय पुरुषको मृत्यु तीन घण्टाको फरकमा मृत्यु भएको हो । ज्वरो, निमोनिया, स्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएका थिए ।

कपिलवस्तुका पुरुष र अर्घाखाँचीकी महिला चैत २७ गते अस्पतालमा भर्ना भएका थिए। उनीहरुमा दम ज्वरो र निमोनिया देखिएको थियो। पुरुषमा मधुमेह समेत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्