Logo

सरोकारवालाको सुझाव- संक्रमणको जोखिम नभएका स्थानमा विद्यालय बन्द नगरौं



Spread the love

३० चैत, काठमाडौं । नेपालमा कोरोना संक्रमण दर बढदै गएपनि सरोकारवालाहरुले विद्यालय तत्काल बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् ।

 शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

‘अधिकांशको शैक्षिक संस्था बन्द गर्न हुँदैन भन्ने धारणा आयो,’ सचिव थपलियाले भने, ‘स्वास्थ मापदण्ड कडाइका साथ पालना गरी शैक्षिक संस्था चलाउनुपर्ने विषयमा एकमत रहेको छ।’ मन्त्री अनुपस्थित रहेकाले कुनै निर्णय भने गर्न नसकिएको उनको भनाइ छ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न सुझाव दिए । उनले विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्