Logo

प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने



Spread the love

३१ चैत, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। 

प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशवासीलाई आग्रह गर्नेछन्।  यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको बारेमा पनि प्रधानमन्त्री ओलीकाे सम्बोधनमा उल्लेख गर्नेछन्।  । 

कोरोनाले मात्र होइन राजनीतिक रुपमा समेत वर्ष २०७७ पीडादायी नै रह्यो। प्रधानमन्त्री ओलीले गत वर्ष पनि वैशाख १ गते नै देशवासीका नाममा सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्