Logo

४९ जनाको कोरोना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि



Spread the love

३१ चैत, धनगढी।  पछिल्लो समय नेपालमा कोरोना भाईरसको दोश्रो लहर सुरु भएको छ । कैलालीको धनगढीका १७ सहित २० जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४९ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार धनगढीका १७, भजनी नगरपालिकाका दुई र कञ्चनपुरको बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । 

भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमानाकामा स्वदेश फर्किनेको लर्को लागेसंगै सुदूरपश्चिममा जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्