Logo

दैनिक ११ हजार जना संक्रमित थपिन सक्छन्: स्वास्थ्यमन्त्री



Spread the love

३१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेको दरमा कोभिड–१९ को संक्रमण बढ्दै गए आगामी असारसम्म संक्रमितको संख्या ६ लाखसम्म पुग्नसक्ने बताएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गइरहेको बेला विद्यालयमा भौतिक उपस्थिति रोकेर अनलाइन कक्षाको विकल्पमा जानुपर्ने सिफारिस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको संक्रमण दरलाई हेरेर यो प्रक्षेपण गरिएको बताए । 

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री त्रिपाठीले जानकारी दिए । ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’

‘काठमाडौंसहित ठूला शहर, भीडभाड बढी हुने, संक्रमण बढिरहेका शहरमा पठाइमा बाधा नपुग्ने गरी अनलाइन भर्चुअल क्लास चलाउनुपर्ने हाम्रो प्रस्ताव हो, यसबारे मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ,’ स्वास्थ्य राज्यमन्त्री नवराज रावत बताए ।

प्रतिक्रिया दिनुहोस्