Logo

भारतमा एकैदिन थपिए १ लाख ८५ हजार कोरोना संक्रमित, ९०४ सयको मृत्यु



Spread the love
भारतमा एकैदिन १ लाख ८५ हजार कोरोना संक्रमित थपिए, एक हजार बढीको मृत्यु

१ वैशाख, काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ ।

 

भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १०२६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

भारतमा अहिले फैलिएको कोरोनाभाइरसको लहर पोहोर साल फैलिएको पहिलो लहरभन्दा खतरानाक भएको विज्ञहरूले बताएका छन्। भारतमा अहिले विभिन्न भेरियन्ट (प्रकार) का कोरोना फैलिरहेका छन्। विज्ञहरूका अनुसार यी भेरियन्ट बढी संक्रामक र घातक छन्।     

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ९ सय ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७० हजार १ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३५ लाख नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २१ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १२ लाखभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्