Logo

७३ जनाको नमुना परीक्षण गर्दा थप १४ जनामा कोरोना संक्रमणको पुष्टी



Spread the love

१ वैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा ७३ नमुनाको परीक्षण गर्दा थप १४ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । 

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट थप १४ जनामा संक्रमण पुष्टी भएको हो ।

पुष्टी हुनेमा धनगढीका ४  महिला, ६ पुरुष, कञ्चनपुर भिमदत्तका १ पुरुष, २ महिला र कैलाली गोदावरीका १ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

५९ नमुना भने नेगेटिभ आएको हो । कोरोना संक्रमितमध्ये २ जना भेन्टिलेटर, १ जना आइसियु र २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य होम आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्