Logo

२४ घण्टा यता नेपालमा कति थपिए कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?



Spread the love

१ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५८० जना र एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको हो।

त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् ।  हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको छ ।

यस्तै बुधबार १२९ जना संक्रमित डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २५४ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्