Logo

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु



Spread the love

२ बैशाख, विराटनगरकोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।  

पर्सा, बाँके र मोरङ गरि ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीया महिला चैत २९ गते अस्पताल भर्ना भएकी थिइन्। सोही दिन गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती उपचाररत महिलाको आज विहान ८ः १६ मा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका बाँकेको खजुराका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो। 

यस्तै मोरङको वीराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज विहान साढे ४ बजेतिर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्