Logo

टिपर दुर्घटना हुँदा दाजुभाईको मृत्यु, वडाध्यक्ष घाइते



Spread the love

२ बैशाख, रसुवा। टिपर दुर्घटनामा परी रसुवामा २ जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा कालिका गाउँपालिका-१ ग्राङ आधारभुत प्राथमिक विद्यालयका प्रधानाध्यापक २७ वर्षीय राजेन्द्र तामाङ र उनका भाइ २५ वर्षीय सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेले बताए । 

कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको खाली टिपर अनियन्त्रीत भई सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।

त्यस्तै दुर्घटनामा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्वा तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि नुवाकोट पठाइएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्