Logo

हलचलको नयाँ प्रयास, मंसिर ६ र १७ मा दुई चरणको चुनाव !



Spread the love

काठमाडौं । बैशाखमा दुई चरणको चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशलाई सर्वोच्च अदालतले फागुन ११ गते उल्टाइदिएपछि पुनः अर्को चुनावनिम्ति गृहकार्य शुरु भएको छ ।

अविश्वासको प्रस्ताव आउन नसक्ने,आए पनि पारित नहुने,आफैँले विश्वासको मत लिन चाहेमा धरमरको अवस्था भएकाले त्यसैलाई प्रयोग गरी प्रधानमन्त्री पुनः निर्वाचन गराउने मुडमा पुग्नुभएको बताइन्छ । स्रोत भन्छ-मंसिर ६ र १७ को लागि दुई चरणको निर्वाचन घोषणा गर्ने योजना बनाइएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने समाचार बाहिरिँदै गर्दा मंसिर ६ र १७ गते दुई चरणको चुनाव गराउने प्रचारसमेत हुन थालेको छ । बालुवाटारले गरेको गृहकार्यको विश्लेषणमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले फ्लोर क्रस गर्ने ठोकुवा गरिएको छ । त्यसो भएपछि स्वतः विश्वासको मत फेल हुनेछ । अर्कोतर्फ स्वयम नेपाललगायत चार जना नेताहरूलाई मतदानबाट वञ्चित गराउने तयारी छ ।

त्यसबाट पनि उनीहरू चिढिएर बाध्य हुँदै फ्लोर क्रस गर्ने प्रधानमन्त्री निकटस्थहरूको बुझाई छ । उता,जसपा फुटाएर विश्वासमा लिने कि नफुटाई एक ढिक्कोलाई विश्वासमा लिने भन्ने विषयचाँहि पारिको सिग्नलमा भर पर्ने भएकाले यसै हुन्छ भन्न सकिएको छैन ।

भारतीयहरूसँग नजिकको सम्बन्ध रहेका भनिएका जसपा नेताहरू भन्छन् ‘उपेन्द्रलाई सोझै पारिकाले केही पनि भन्न सक्दैनन् । उनीहरूले महन्थहरूलाई मात्र भन्न सक्ने हो । त्यसैगरी बाबुराम पनि अहिले खुशी छैनन् । त्यसैले पहिले रामचन्द्रलाईझैँ रिँगाउने दाउमा हो कि भन्ने आँकलन गरिएको छ ।’

अब फोरम पनि सग्लो अवस्थामा टिकिरहने छाँट देखिएको छैन । त्यसैले बृहत् लोकतान्त्रिक मोर्चाको माहौल बनेको बताइन्छ । उक्त मोर्चामा वामदेव गौतम,मोहन वैद्यदेखि माधवकुमार नेपालसम्म अटाउनसक्ने बालुवाटारले पनि निश्कर्ष निकालेको छ ।

यता प्रदेश सरकारमा आइरहेको हलचललाई राजनीतिक वृत्तमा बृहत् लोकतान्त्रिक मोर्चाबन्दीसँग जोडेर हेर्न थालिएको छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्