Logo

सशान कँडेल र विनय कार्कीको ‘डन’ आयो



Spread the love

काठमाडाैं । गायक सशान कँडेल र गायक विनय कार्कीको स्वर रहेको नयाँ गीत नयाँ वर्षको अवसर पारेर ‘डन’ म्युजिक भिडियो ब्याक आई  क्रिएसबाट सार्वजनिक भएको छ ।

गीतमा महेश ज्ञवालीले शब्द र संगीत भरेका छन् ।नेपाली म्यूजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहदै आएको छ । नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले पछिल्लो समय गुणस्तरीय म्यूजिक भिडियोहरु निर्माण गरिरहेका छन ।

भिडियोमा राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको अभिनय छ । अष्ट्रेलियामै छायांकन गरिएको भिडियोलाई कृष्ण सुवेदीले छायांकन गरेका छन् ।

विकास दाहालको सम्पादन गरेका हुन् । भिडियो निर्माणमा एबीसी ग्लोबल एजुकेसन कन्सलटेन्सीले सपोर्ट रहेको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नहोस् :

प्रतिक्रिया दिनुहोस्