Logo

निषेधाज्ञा उल्लंघन गर्ने ६ मदिरा पसले पक्राउ



Spread the love

३ जेठ, राजविराज । निषेधाज्ञाको उल्लङ्घन गरी मदिरा पसल सञ्चालन गर्ने ६ मदिरा पसलेलाई आज प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका तथा विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

उनीहरुलाई संक्रमण ऐनअन्तर्गत कारवाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । निषेधाज्ञा उल्लङ्घन गरी सवारी साधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रुपमा भींडभाड गर्ने, मदिरा पसल खोल्ने जस्ता निषेधित क्रियाकलाप गर्ने दुई हजार ६४८ जनालाई हालसम्म पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जनही रु एक सयका दरले जरिवाना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्