Logo

गुल्मेली समाज जापानद्वारा गुल्मीका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान



Spread the love

१८ जेठ, गुल्मी । गुल्मेली समाज जापानले गुल्मी जिल्लाका नौ वटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । जिल्लाका नौ स्थानीय तहलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको समन्वयमा २२ लाख बराबरको स्वास्थ्य सामाग्री सोमबार हस्तान्तरण गरिएको हो ।

पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको समन्वयमा पाँच वटा अक्सिजन कन्सेन्टेर, ९० सेट पिपिई, चार हजार पाँच सय माक्स, पाँच सय ३० लिटर स्यानीटाइजर , ४० पिस अक्समिटर र १६ वटा थर्मामिटर गरी करिब २२ लाख बराबारको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।


कोरोना माहमारीको जटिल परिस्थितिमा केही फ्रन्ट लाईनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीसंगै जिल्लाबासीलाई सहज होस् भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको गुल्मेली समाज जापानले जानकारी दिएको छ । त्यस्तै, बाँकी रहेका तीन स्थानीय तहलाई पनि छिटै स्वास्थ्य सामाग्री उपलब्ध गराउने र पहल भइरहेको गुल्मेली समाज जापानका सह कोषाध्यक्ष चेतन अर्यालले बताए ।

गुल्मीका स्थानीय तहले गुल्मेली समाज जापानलाई धन्यवाद दिदै प्राप्त स्वास्थ्य सामाग्रीले कोरोना विरुद्धको लडाई लड्न थप सहज हुने प्रतिक्रिया दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्