Logo

प्रकाश सपुतको नयाँ गीत ‘दोहोरी ब्याटल’ सार्बजनिक(भिडियो सहित)



Spread the love

बहुप्रतिभाका धनि गायक तथा सर्जक साथै मोडल प्रकाश सुपतको नयाँ गीत दोहोरी व्याटल सार्बजनिक भएको छ ।
पप दोहोरी जस्तो सुनिने उनको सो गीतमा पछिल्लो समयका युवा युवतीहरुको भावना समेटीएको छ ।गीतलाइ मौलिकता बोकेका लोकदोहोरी गीतसङ्ग तुलना नगर्नको लागि सपूतले आग्रह गरेका छन् उनले भनेका छन्,“सर्बप्रथम हामी यो जानकारी गराउछौ कि यो लोक दोहोरीगीत होइन । दोहोरी शैलीबाट प्रभावित भए पनि यसमा लोकदोहोरीको जस्तो थेगो (रहनी) र बाजाहरु प्रयोग गरिएका छैनन्। त्यसैले यसलाई दोहोरी ब्याटल नाम दिएको हो । भिडियो हेरेपछि यसलाई नेपालि मौलिक बोकेको लोकदोहोरी गीतसङ्ग तुलना नगरिदिनुहोला ।”

प्रिति आले र प्रकाश सपुतको आवाज रहेको सो गीतमा अभिनय स्वयं कलाकारहरुलेनै गरेका छन । यस गीतलाई भाका नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/w28lvYvh1IA

प्रतिक्रिया दिनुहोस्