Logo

१ लाख ४६ हजार वर्ष पुरानो ‘ड्रागन म्यान’को कंकाल सार्वजनिक



Spread the love

१२ असार, एजेन्सी । चीनका अनुसन्धानकर्ताहरूले मानिसको अर्को प्रजातीको कंकाल सार्वजनिक गरेका छन् । अनुसान्धानकर्ताहरूले उक्त कंकाललार्ई अहिलेको भन्दा पूर्ण रूपमा नयाँ प्रजाति भएको तर्क समेत प्रस्तुत गरेका छन् ।

चिनियाँ अनुसन्धानकर्ताहरूले उक्त प्रजाति मानव विकासको सबैभन्दा नजिक सम्बन्धित रहेको हुनसक्ने आँकलन समेत गरेका छन् ।

अनुसन्धानकर्ताहरूले उक्त नयाँ प्रजातिलाई ‘ड्रागन म्यान’को नाम दिएका छन् । उक्त मानव प्रजाती करीब १ लाख ४६ हजार वर्ष पहिले पूर्वी एसियामा बसोबास गर्ने गरेको अनुमान गरिएको छ ।

अनुसन्धानकर्ताहरूले उक्त कंकाल चीनको दक्षिणपूर्वी क्षेत्रको हार्विनमा सन् १९३३ मै फेला पारेका थिए । तर, अहिले भर्खर सार्वजनिक गरिएको हो ।

अनुसन्धानकर्ताहरूले उक्त कंकालका बारेमा ‘द इन्नोभेसन’मा विस्तृत विवरण पनि सार्वजनिक गरेका छन् ।

युकेका चर्चित मानव विकास सम्बन्धि विज्ञ प्रोफेसर क्रिस स्ट्रिंगर पनि उक्त समूहमा समावेश थिए ।

अनुसन्धानकर्ताहरूले मानव विकासका प्रमाणहरू खोज्ने क्रममा भेटिएकामध्ये यो प्रमाण सबैभन्दा महत्वपूर्ण भएको पनि बिबिसीलार्ई उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्