Logo

आँँधी र चरा



Spread the love

चारो बिनाको जीवन
भईदिएको भए
संघर्षको मैदान रहने थिएन

षड्यन्त्रका यन्त्रहरु चल्दैनथे होलान् ।
सबै चारोमा नै भौतारिन्छन्
अरन्यमा चराको हुल
चारा खोज्न ब्यस्त छन्
आकाशमा कालो बादल छ
क्षितिजमा चँदुवा टाँगेझै
पानीको ओइरो छ
एक हुल चराहरु
चारो बोकेर वादल मुनि
आश्रयको लागि बाटो काट्दै छन्
अरन्यमा एक्कासी
पानी र आँधीको प्रकोप
केही चरा गुफामा गए
केही रुखका जरा अनि कापमा
यो कस्तो आपत
आफू चलेको वर्तमानमा
संकटको झटाराे

ओढारको चरोलाई
निर्मम भएर
बाज आक्रमण गर्न खोज्छ
प्वालबाट निस्केर सर्प निल्न खोज्छ ।
दिनभरको थकाइ
अनि
पानीको रुझाइमा
ब्याधा गुफामा पस्छ

वाणको टुप्पो चरालाई सोझ्याउँछ ।
विचरा चरो
बाज र ब्याधाबाट मर्नु भन्दा
आँधीमा पस्छ
जगतको बहादुर चरो
नदी बगरमा
सहिद बनेर बाँच्छ ।

तेजनाथ दंगाल
काठमाडाैं,चाबहिल

प्रतिक्रिया दिनुहोस्