Logo

आफ्नै बिहेमा बेहुला निदाएपछि…



Spread the love

३ साउन, एजेन्सी । आफ्नै विवाहमा बेहुला निदाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतको एउटा गाउँमा भएको विवाहमा बेहुला नै निदाएको भिडियो भाइरल भइरहेको हो ।

वरमालाको कुर्सीमा बस्दाबस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएकाहरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भकर्ण जसरी गहिरो निद्रामा थिए । उनीसँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् ।

भारतमा विवाह हुँदाका विभिन्न खाले भिडियोहरू समय समयमा भाइरल भइरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्