Logo

टुँडिखेलमा हुने सलमानको कार्यक्रम रोक्न विप्लवको माग, जबरजस्ती गर्न खोजे विथोल्ने चेतावनी



Spread the love

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट रहेको अखिल नेपाल जनसाँस्कृतिक महासंघले यही फागुन २६ गते टुँडिखेलमा हुने सलमान खानको कार्यक्रम स्थगित गर्न माग गरेको छ । यही आउँदो फागुन २६ गते टुँडिखेलमा हुने कार्यक्रमको लागी बलिउड अभिनेता सलमान खान नेपाल आउँदै छन् । केही समय अघिबाट नै उनी नेपाल आउने खबर सञ्चार माध्यममा आइरहेको थियो ।

महासङ्घले अनावश्यक मदिराको प्रचारप्रसार गरेको र दसौँ हजार टिकट बेचिएको भन्दै कार्यक्रम नगर्न माग गरेको हो । यदि आफुहरुको कुरा बेवास्ता गरेमा कार्यक्रम बिथोल्ने आन्दोलन गर्न चेतावनी दिएका छन् ।

टुँडिखेलमा हुने ‘दबंग द टूर’ कार्यक्रमको लागी सलमानको साथमा बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’, मनिष पल मार्च ९ मा नेपाल आइपुग्ने छन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रममा नेपाली कलाकारहरूले पनि प्रस्तुति दिदैँछन् ।

प्रतिक्रिया दिनुहोस्