Logo

मन्त्रीको नाममा आएको ६ लाख ८० हजार पर्ने ह्विस्की गायब, अनुसन्धान सुरू



Spread the love

२५ साउन, एजेन्सी । मन्त्रीको नाममा आएको ६ लाख ८० हजार पर्ने ह्विस्की गायब भएपछि अनुसन्धान सुरू गरिएको छ । अमेरिकाका पूर्व विदेश मन्त्री माइक पोम्पिओलाई उपहारमा दिइएको लाखौँ रूपैंया पर्ने ह्विस्की बोतल सहित गायब भएपछि अनुसन्धान सुरू गरिएको हो ।

पोम्पिओ अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा मन्त्रिमण्डलमा थिए । सोही समय पोम्पिओलाई जापान सरकारले महँगो मूल्य पर्ने ह्विस्की उपहारस्वरूप पठाएको थियो । तर, उनी आफूलाई उपहारमा ६ लाख ८४ हजार रूपैंया भन्दा बढी मूल्य पर्ने जापानी ब्रान्डको उक्त ह्विस्की उपहारमा आएको भन्ने थाहा नै नपाएपछि अनुसन्धान सुरू गरिएको हो ।

जापान सरकारले सन् २०१९ मा माइकलाई पठाएको उक्त ह्विस्की कता गयो भन्ने विषयमा विदेश मन्त्रालयलाई नै कुनै किसिमको जानकारी छैन

प्रतिक्रिया दिनुहोस्