Logo

प्युठानमा बाख्रा चराउन गएकी महिलाको भिरबाट लडेर मृत्यु



Spread the love

३ भदाै, प्युठान । प्युठानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्वर १ की ४० वर्षीया बसन्ती नेपालीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले सल्लेरी खबरलाई जानकारी दिए ।

बाख्रा चराउन गएकी नेपालीको सोही वडाको भैसीबान्ने डाँडोको भिरबाट लडेर आज दिउसो ३ बजेको समयमा घटना स्थलमै ज्यान गएको हो ।

घटना के कति कारणले भयो भन्ने बारेमा बारेमा थप अनुसन्धान भइरहेको प्युठान प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्