Logo

उड्दै गरेको प्लेनमा महिलाले जन्माइन् बच्चा



Spread the love

७ भदाै, एजेन्सी । अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले विमानमा नै बच्चालाई जन्म दिएकी छिन् ।

अमेरिकन एयर फोर्सले दिएको जानकारी अनुसार ती महिलाले राम्स्तेन एयर बेस जर्मनीमा बच्चालाई जन्म दिएकी हुन् ।

उक्त प्लेन ल्याण्ड हुने बित्तिकै महिलाको हेरचाहका लागि स्वास्थ्यकर्मी उपस्थित भएका थिए । अहिले ती महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्