Logo

गुल्मीमा गाई चराउन गएका युवकको करेन्ट लागेर घटनास्थलमै मृत्यु



Spread the love

१३ भदाै, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका १ अग्लुङका १८ वर्षीय विक्रम राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

मदाने गाउँपालिकाको वडा नम्वर २ स्थित सैरेको जंगलमा छाताको टुप्पोले अचानक विजुलीको तारमा छुदाँ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो ।

घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्