Logo

देशकै सबैभन्दा सुरक्षित जेलबाट फिल्मी शैलीमा भागे कैदीबन्दी



Spread the love

२३ भदाै, काठमाडाैँ । इजरायलको एक जेलबाट ६ जना कैदी फिल्मी शैलीमा फरार भएका छन् । देशकै सबैभन्दा सुरक्षित मानिएको जेलबाट नाटकीय शैलीमा ६ जना कैदी फरार भएका हुन् ।

इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेपछि घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ । जेलबाट भाग्नै कैदीहरूविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भिर अभियोग लगाइएको थियो ।

त्यहाँका मिडियाहरूले उल्लेख गरेअनुसार कैदीहरू जेलबाट सुरूङ खनेर भागेका हुन् । उनीहरूले मानिसहरूको चहलपहल नहुने क्षेत्रको तलतिर पारेर सुरूङ खनेका थिए ।

उक्त सुरूङबाट भाग्दै गरेका कैदीहरूलाई केही किसानले देखेपछि अधिकारीहरुलाई जानकारी दिएका थिए । त्यसपछि छानविन गर्दा सुरुङ खनिएकोबारे अधिकारीहरूले पत्तो पाए ।

सामाजिक सञ्जालमा सुरुङसहितको सडकको फोटो भाइरल भइरहेको छ । तर, प्रहरीले यस घटनाबारे केही जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्