Logo

‘तिमीसँग’ को ट्रेलर सार्वजनिक



Spread the love
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘तिमीसँग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाण्डौँमा आयोजित कार्यक्रमकाबीच  उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।२ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । फिल्मको लोकेशन, छायांकन गजबको छ । निर्माण युनिटले रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटेर फिल्मको ट्रेलर ल्याएको हो ।शिशिर राणाको निर्माण र निर्देशन रहेको चलचित्रको ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन फिचर छन् । ट्रेलरमा क्रिकोणत्मक प्रेमलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । चलचित्रको कथा निर्देशक राणाले लेखेका हुन् । चैत्र २३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको दुई गीतहरू केही समय पहिलानै रिलिज भइसकेको छ । जसमा ‘लडे लडे’ बोलको गीतलाई दर्शकले रुचाएका छन् ।
हेर्नुहोस् ट्रेलर :

https://youtu.be/t-s2Q7rO_UU

प्रतिक्रिया दिनुहोस्