Logo

विष्णु माझी र शक्ति चन्दको लोक दोहोरी ‘स्याउला’ सार्वजनिक (भिडियो)



Spread the love

३१ भदाै, काठमाडाैँ । विष्णु माझी र शक्ति चन्दको स्वरमा नयाँ लोक दोहोरी सार्वजनिक भएको छ । बिहीबार ‘शक्ति चन्द ठकुरी’ युट्युब च्यानलबाट ‘स्याउला’ बोलको गीत सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द चन्द्र परियारले रचेका छन् भने संगीत पनि परियारकै रहेको छ । संगीत संयोजन भने कृष्ण विके (भान्जा)ले गरेका छन् । गीत रेकर्डिङका प्राविधिक पक्ष सुमन राना र खुमन रानाले हेरेका छन् । यो गीत मारूनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा करिश्मा ढकाल र अभिषेक श्रेष्ठको मुख्य अभिनय तथा नृत्य रहेको छ ।

भिडियोका निर्देशक राजकुमार मगर हुन् । करन चैसिरले छायाँकन गरेको भिडियोको सम्पादन निर्देशक मगरले नै गरेका छन् ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्