Logo

सामुहिक बलात्कारपछि हत्या भएको घटनामा ३८ भारतीय सेलिब्रेटिहरूविरूद्ध मुद्दा दर्ता



Spread the love

२७ भदाै, एजेन्सी । भारतको एक सामुहिक बलात्कार पछि हत्या भएको घटनाको विषयमा भारतका चर्चित सेलिब्रेटिहरूविरूद्ध मुद्दा दायर भएको छ ।

दिल्लीका विकल गौरव गुलाटीले ३८ जना सेलिब्रेटीहरूविरूद्ध मुद्दा दर्ता गरेका हुन् ।

मुद्दामा नाम जोडिनेहरूमा बलिउड स्टारहरु, क्रिकेटरहरुसहित दक्षिण भारतीय स्टारहरु पनि छन् । गौरव गुलाटीले सलमान खान, अक्षय कुमार, अजय देवगन, अभिषेक बच्चन, फरहान अख्तर, अनुपम खेर, परिणीति चोपड़ा, दीया मिर्जा, स्वरा भास्कर, रकुल प्रीत सिंह, यामी गौतम, ऋचा चड्ढा, काजल अग्रवाल, शबाना आजमी, हंसिका मोटवानी, प्रिया मलिक, अरमान मलिक, करणवीर वोहरा, निर्देशक मधुर भंडारकर, दक्षिण भारतीय अभिनेता रवि तेजा, अल्लू शिरीष, क्रिकेटर हरभजन सिंह, शिखर धवन, निधि अग्रवाल, चर्मी कौर, आशिका रंगनाथ आरजे साइमा विरुद्ध मुद्दा दायर गरेको भारतीय मिडियाले जनाएका छन् ।

भारतको हैदराबादमा २०१९ मा सामुहिक बलात्कारपछि हत्या भएको घटनाले भारत नै हल्लाएको थियो ।

प्रतिक्रिया दिनुहोस्