Logo

‘नाई नभन्नु ल ५’मा प्रियंका फेरी स्वस्तिमाकी आमा



Spread the love

चलचित्र ‘नाई नभन्नु ल ५’मा अभिनेत्री प्रियंका कार्की  नायिका स्वस्तिमा खड्काकी आमाको भूमिकामा देखिने भएकी छिन् । करिब १ वर्षको ग्यापपछि निर्देशक विकासराज आचार्यले नाई नभन्नु ल को पाँचौँ श्रृङ्खला बनाउन लागेका हुन् ।चलचित्रमा अभिनेत्री कार्की यो पटकपनि आमाको भूमिकामा देखिने भएकी छिन् । उनको छोरीको रूपमा नायिका स्वस्तिमा खड्का तय भएकी छिन् । यसअघि प्रियंका र स्वस्तिमा चलचित्र छक्का पञ्जा २मा आमा छोरीको भूमिकामा देखिएका थिए यस पटक स्वस्तिमासँगै दिलीप रायमाझी, बुद्धि तामाङ, लगायतका कलाकार थपिएका छन् ।

बाल(कलाकार अनुभव रेग्मी र स्यार्टिना शर्माको चलचित्रमा मुख्य भूमिकामा रहनेछन् ।भदौ ८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई बिकासराज आचार्यले निर्देशन गर्नेछन् ।चलचित्रमा वसन्त सापकोटाको सङ्गीत, पुरुषोत्तम प्रधानको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ ।चलचित्रमा नयाँ नायक भित्राउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्