Logo

ईपीएल – भैरहवाको पहिलो जित, लगातार दोस्रो खेलमा पराजित विराटनगर



Spread the love

१३ असोज, काठमाडौं । भैरहवा ग्लाडियटर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा भैरहवाले विराटनगरमाथि ६ विकेटको जित हात पारेको हो ।

विराटनगरले दिएको ९० रनको लक्ष्य पछ्याएको भैरहवाले १५ ओभर ३ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्‍यो । भैरहवाका लागि उपल थरंगाले अविजित सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ विराटनगरका लागि रामनरेश गिरीले दुई विकेट लिदाँ करण केसी र वसन्त रेग्मीले समान एकरएक विकेट हात पारे।

यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको विराटनगर ८९ रनमा अलआउट भएको थियो । विराटनगरका लागि लिल्सान मुनाविराले सर्वाधिक २५ रनको बनाए ।

प्रतिक्रिया दिनुहोस्