Logo

युभेन्ट्ससँग साविक विजेता चेल्सी पराजित, वार्यनको शानदार जित



Spread the love

एजेन्सी। च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले साविक विजेता चेल्सीलाई पराजित गरेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सले इंग्लिस क्लव चेल्सीलाई हराएको हो।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युभेन्ट्स २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने २ खेलमा ३ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै, रोबर्ट लेवान्डोवस्कीको दुई गोलमा बायर्न म्युनिखले च्याम्पियन्स लिगमा डिनामो किभमाथि एकपक्षीय जित निकाल्यो। समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बायर्नले डिनामो किभलाई ५-० को फराकिलो अन्तरले हराएको हो ।

समूह चरण अन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोना बेन्फिकासँग ३-० ले हारेको हो । बेन्फिकालाई जित दिलाउन डार्विन नुनेजले दुई गोल गरे । राफा सिल्भाको नाममा एक गोल रह्यो । बेन्फिकाले सन् १९६१ पछि पहिलो पटक बार्सिलोनालाई हराएको हो ।

प्रतिक्रिया दिनुहोस्