Logo

सुनको मूल्यमा लगातार गिरावट, कतिमा कारोबार भइरहेको छ नेपाली बजारमा ?



Spread the love

१४ असोज, काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ। सोमबार तोलामा ८९ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै आएको छ । विहीबार २०० ले घटेर ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादीँ महासंघले जानकारी दिएको छ। हिजो बुधबार सुनको मूल्य प्रतितोला ८८ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, हिजो ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ११ सय २० रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्