Logo

साफ च्याम्पियनसिप – नेपालले डिफेन्डिङ च्याम्पियन माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दै



Spread the love

१५ असोज, काठमाडौँ। साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आज उद्घाटन खेलमा श्रीलंका र बंगलादेश पौने पाँच बजे खेल्ने छ। त्यस्तै, नेपाली राष्ट्रिय टोलीले आयोजक माल्दिभ्ससँग राति पौने १० बजे भिड्दै छ ।

साफ जित्ने लक्ष्यका साथ लामो समय तयारी गरेको नेपाली टिम कतारबाट माल्दिभ्सको राजधानी माले गएको हो । कतारमा उसले ओमानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा रहेको नेपाली टिमले दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो ।

डिफेन्डिङ च्याम्पियन माल्दिभ्सले ढाकामा भएको साफ २०१८ को उपाधि यात्रामा नेपाललाई सेमिफाइनलमा ३–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्