Logo

मोडल तथा डान्सर हरि थापा अभिनित ‘यो जिउ दाउमा लाउने…”’ कभर गित सार्वजनिक(भिडियो)



Spread the love

समय अनुसार गीत संगीतमा नयाँनयाँ चलन चलेको देखिन्छ । कस्ता गीतलाई दर्शक श्रोताले मन पराउँछन् भन्ने कुरा त्यस्ता चलनले पनि केही हदसम्म तय गर्ने गर्छ । अहिले पुराना तथा नयाँ  गीतको नयाँ भर्सन अर्थात् ‘कभर  गित तथा डान्स भिडियोले यूट्युब रंगिएको छ । अहिले नेपाली म्युजिक भिडियोको कभर भिडियो बनाउने प्रचलन बढ्दै गएको छ । त्यस्तैमा हरि थापाको ‘यो जिउ दाउमा लाउने…”’ गीतको रोमान्टिक कभर भिडियो सार्वजनिक भएको छ ।यस गीतलाई एक दिनमै १ लाख भन्दा बढी पटक हेरिएको छ भने उक्त गीतलाई यो  समाचार तयार पार्दा सम्म  १ लाख ४० हजार भन्दा बढी पटक हेरिएको छ।

मोडल तथा डान्सर हरि थापा पछिल्लो समय चर्चामा छन् थापाले नृत्यलाई आफ्नो ‘प्यासन’का  रुपमा लिँदै आएक छन् ।अहिलेसम्म झन्डै एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका  यिनै प्रतिभाशाली नृत्यकार तथा मोडल हरि ६ वर्षको उमेरदेखि नृत्य गर्दै आएका  थिए ।

दाङ्ग लमहीमा ‘हाम्रो डान्स क्लब’मा डान्स टिचरको रुपमा कार्यरत रहेका छन् तथा बिहानी बिद्यालयहरुमा टिचरको रुपमा कार्य गर्दै आएका छन्।

हेर्नुहोस् भिडियो:

https://youtu.be/bRLzGREcXpA

 

 

प्रतिक्रिया दिनुहोस्