Logo

ईपीएल – चितवनकाे पहिलाे हार, भैरहवा उक्लियो दोस्रो स्थानमा



Spread the love

१८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सलाई हराउँदै भैरहवा ग्लाडियटर्स तालिकाको दोस्रो स्थानमा उक्लेको छ । आज भएको खेलमा भैरहवाले चितवन टाइगर्समाथि ६ विकेटको हात पारेको हो ।

चितवनले दिएको १६५ रनको लक्ष्य भैरहवाले १७ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा १६५ रनमा भेटायो। भैरहवाका लागि प्रदीप ऐरीले ४३ बलको सामाना गर्दै ७२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, तमिम इक्वालले ४० रन जोड्दा उपल थरंगाले ३९ रनको योगदान दिएका थिए ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धातिर २० ओभरमा ८ विकेटको क्षतिमा १६४ रन बनाएको थियो। चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रनको योगदान गरे ।

भैरहवाका लागि अविनास बोहराले ३ विकेट लिदाँ कुशल मल्लले दुई विकेट हात पार्यो । यस्तै, धमीका प्रशाद, दुर्गेश थापा र कृष्ण कार्कीको नाममा समान एक–एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्