Logo

नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित



Spread the love

विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो ।नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले १३ र सन्दिप लामिछानेले १४ रन जोड्नुबाहेक अन्य पाँच खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

ओपनर ज्ञानेन्द्र मल्ल चार रनमा आउट हुँदा अर्को ओपनर अनिल साहले पनि मात्र आठ रन जोड्न सके भने शक्ति गौचन र रोहित पौडेल शून्यमै आउट भए । त्यस्तै, आरिफ शेखले पाँच र ललित राजवंशीले २ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्यान्ड्सका रोलफ भानडर मर्व एक्लैले ४ विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

नेदरल्यान्ड्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने ललितनारायण राजवंशी र सन्दिप लामिछानेले समान दुई/दुई र शक्ति गौचनले एक विकेट लिए । एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हो ।

प्रतिक्रिया दिनुहोस्