Logo

पीएसजी छाडेर रियल मड्रिड जाने एमबाप्पेको चाहना



Spread the love

एजेन्सी। फ्रान्सेली फरवार्ड केइलियन एमबाप्पेले आगामी जुलाईमा पीएसजी छाड्ने चाहेको बताएका छन् । उनले फ्रान्सको पत्रिकासँगको अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन् ।

उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए । यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन ।

“मैले क्लब छाड्छु भनेर भनिसकेको छु,” क्लबसँगको सम्झैता नवीकरण नगर्ने दोहर्‍याएका एमबाप्पेले भने, “म चाहन्छु, क्लबले ट्रान्सफर रकम प्राप्त गरोस् । ताकि, मेरो स्थानमा राम्रो खेलाडी ल्याउन सकियोस् ।” उनले भने, ‘मैले यो समरमा क्लब छाडें भने म रियल मड्रिड मात्र जान्छु ।’छाडेर जान लागेको मान्छे पुनः त्यही क्लबमा बस्दा खुशी हुन नसक्ने उनको तर्क छ ।

यसै सिजनको अन्त्यसँगै एमबाप्पेको पनि क्लबको सँगको सम्झैता समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्