Logo

ईपीएल – भैरहवालाई हराउँदै पोखरा पुग्यो फाइनलमा, उपाधि भिडन्त चितवनसँग



Spread the love

२१ असोज, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको फाइनलमा पोखरा राइनोज पुगेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरेको हो ।

भैरहवाले दिएको ११९ रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेटको नोक्सानीमा पुरा गर्‍यो। पोखराका सहान एराचचिजले सर्वाधिक ५३ रन जोड्दा विपिन रावलले पनि ४३ रनको योगदान दिए।

त्यसअघि, कीर्तिपुर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन जोड्यो। भैरहवाका कप्तान शरद भेषावकरले अविजित ३२ रन जोडे। आरिफ शेखले २७, प्रदीप ऐरीले ११ र उपुल थारङ्गाले १० रन बनाए।

पोखराका किशोर महतो र सहान एराचचिजले २/२ विकेट हात पारे। नन्दन यादव र आसेला गुणारत्नेले एकएक विकेट लिए।

योसँगै उसले उपाधिका लागि चितवन टाइगरसँग शनिबार फाइनल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्